काठमाडौं । यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । चैत २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित वैशाख २० गते वार्षिक साधारण सभा बोलाएको हो । सभा विहान ११ः३० बजे कम्पनीको रजिष्टर्ड कार्यालय कुपण्डोल, ललितपुरमा सुरु हुनेछ ।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गर्दै त्यसका लागि आवश्यक जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । कम्पनीको रजिष्टर्ड कार्यालय परिवर्तन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । साथै सभाले गत आर्थिक वर्ष ०८०÷८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।