मङ्सिर १८, काठमाडौं (अस) । सोमवार नेप्से परिसूचक कारोबार भएको पहिलो एक घण्टाको अवधिमा शून्य दशमलव २५ प्रतिशत घटेको छ । कारोबार शुरु भएको केहि समय बढेको बजार एक घण्टाको अवधिमा आइपुग्दा ३ दशमलव ८९ अङ्क घटेर १ हजार ५ सय ३३ दशमलव ७८ विन्दुमा पुगेको छ ।
यस समयमा कारोबार भएका ८७ कम्पनीको रू. ९ करोड ८ लाख बराबरको शेयर कारोबार भएको छ । युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता रू. १ हजार २ सय ८८ मा रू. ९५ लाख ७० हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका ८ समूहको परिसूचकमा लघुवित्त समूहको परिसूचक बढेको छ भने ६ समूहको परिसूचक घटेको छ । साथै, होटल समूहको परिसूचक स्थिर रहेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.