काठमाडौं । सरकारले रू. १ अर्बको अनुसन्धान र विकास कोष स्थापना गर्ने भएको छ । मंगलवार आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।
बजेट वक्तव्यमा सरकारले पूँजीगत बजेटको १ प्रतिशत बजेट अनुसन्धान र विकास छुट्टाउने घोषणा पनि गरेको छ ।