काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १० करोड ४९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा १ प्रतिशत वृद्धि भएको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १० करोड ३८ लाख नाफा कमाएको थियो ।
कम्पनीको आम्दानी गत आवको तुलनामा चालू आवमा १० प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू.१७ करोड ५९ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. १९ करोड ४८ लाख पुगेको छ । त्यस्तै कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ३१ करोड रहेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २५ करोड ३७ लाख सञ्चिती गरेको छ । त्यस्तै कम्पनीको बीमा कोषमा रू. ८४ करोड ५९ लाख रहेको छ । कम्पनीको कुल बीमाशुल्क गत आवको तुलनामा चालू आवमा २८ प्रतिशत वृद्धि भएको छ ।गत आवमा कम्पनीले रू. ७५ करोड ४७ लाख बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा बढेर रू. ९७ करोड २१ लाख पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १५ दशमलव ९८, मूल्य आम्दानी अनुपात २३ दशमलव ९१ गुणा र प्रतिशेयर नेटवर्थ रू. १८६ दशमलव ९८ रहेको छ । यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.