काठमाडौं । विभिन्न माग राखी आन्दोलनरत ग्यास उद्योगी र सरकारबीच ५ बुँदे सहमति भएको छ ।
मंगलवार (आज) दुवै पक्षबीच भएको वार्तामा ग्यासमा प्रतिसिलिण्डर १२ रुपैयाँ ७५ पैसा कमिसन बढाउनेसहित ५ बुँदे सहमति भएको हो । कमिसन बढाउने सहमति भए पनि ग्यासको मूल्य भने यथावत् रहेको नेपाल आयल निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सहमतिसँगै उद्योगीहरूले आन्दोलन फिर्ता लिएको संघका महासचिव जितबहादुर कार्कीले जानकारी दिए ।
अब एलपी ग्यास उद्योगहरूबाट ग्यासको आपूर्ति पनि सहज हुने आयल निगमले जनाएको छ ।