काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले असोज २५ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ ।
क्यापिटलको भदौ २८ गते बसेको सञ्चालक समिति बैठकले काठमाडौं नक्सालस्थित कम्पनीको कार्यालयमा उक्त दिनको अपराह्न ४ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणको विषयसमेत पारित गर्नेछ ।
साथै करसहित २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाले गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत खर्च भएको २ लाख ६८ हजार ५ रुपैयाँलाई समेत स्वीकृति प्रदान गर्नेछ ।