आउँदो मार्च पहिलो साता (यही फागुन तेस्रो साता) देखि औपचारिक रूपमा ‘फोन पे’ सञ्चालनमा आउने भएको छ । यो ‘एफ वान सफ्ट’ले बजारमा ल्याएको अत्याधुनिक बैंकिङ ‘प्रडक्ट’ हो । ‘एफ वान सफ्ट’ नेपालको प्रमुख सफ्टवेयर सेवाप्रदायक कम्पनी हो ।
‘फोन पे’ मोबाइल बैकिङ सुविधा सञ्चालन गरेका बैङ्क तथा वित्तीय संस्थाको सञ्जाल हो । यो सञ्चालनमा आएपछि सञ्जालमा आबद्ध सबै संस्थाका ग्राहकबीच मोबाइलको माध्यमबाट सजिलै कारोबार गर्न सकिन्छ ।
वर्ष ८, अंक १५१, आइतवार, ६ फागुन, २०६९