पुस २, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका– ८ बागमको एक घरमा आगलागी हुँदा करीब रू. ७० लाख बराबरको क्षति भएकोे छ । स्थानीय तेण्डी शेर्पाको घरमा शनिवार ग्यास लिक भएर आगलागी हँुदा क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जबताएको छ ।
आगलागीबाट रू. एक लाख ५० हजार नगदसहित शेर्पाको ढुङ्गा माटोले बनेको तीनतले घर, घरमा भएको सुनचाँदी कासा तामालगायत सम्पूर्ण धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रद्युम्न अधिकारीले जानकारी दिए ।
अपराह्न चिया पकाएर घरमा भएका मानिस मेलामा गएको समयमा ग्यास लिक भई आगलागी भएको प्रहरीले बताएको छ । घटनास्थलमा पुगेका प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणको प्रयास गरेको भए पनि नियन्त्रणमा लिन नसक्दा घर पूर्णरूपमा जलेर नष्ट भएको स्थानीयले बताएका छन् । रासस
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.