काठमाडौं । पछिल्लो एक सातामा तीते करेलाको मूल्य १३ प्रतिशतले घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक सातामा तीते करेलाको मूल्य प्रतिकिलो १७ रुपैयाँले घटेको छ । एक साताअघि प्रतिकिलो १२५ रुपैयाँ औसत रहेको तिते करेलाको भाउ आज १०८ रुपैयाँ रहेको छ ।
समितिका अनुसार एक सातामा करेलाको आगमन भने ३० प्रतिशतले बढेको छ । एक साताअघि ८ हजार १७० किलोग्राम तीते करेला बजार भित्रिएको थियो भने आज १० हजार ६८० किलोग्राम करेला भित्रिएको समितिले जनाएको छ ।
आज अन्य तरकारीको मूल्य कति ?
स्रोत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ।