काठमाडौं । आगमन घट्दा ब्रोकाउलीको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो एक महीनामा ब्रोकाउलीको मूल्य ९२ प्रतिशतले बढेको छ ।
समितिको अनुसार गत महीना ४५ रुपैयाँ औसतमा विक्री भएको ब्रोकाउलीको मूल्य आज ८६ रुपैयाँ प्रतिकिलो पुगेको छ ।
त्यसैगरी, एक महीनाको तुलनामा ब्रोकाउलीको आगमन ५५ प्रतिशतले घटेको छ। गत महीनामा १० हजार ७९५ किलोग्राम ब्रोकाउली बजार भित्रिएको थियो भने आज ४ हजार ८०० किलोग्राम ब्रोकाउली बजार भित्रिएको छ ।
एक महीनामा कुन तरकारीको मूल्य बढ्यो, कुनको घट्यो ?