काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आईएमई लाईफ इन्स्योरेन्सको खुद नाफा गत वर्षको भन्दा १४ दशमलव १२ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको सो अवधिसम्मको वित्तीय अवस्थालाई हेर्दा गत वर्ष दोस्रो त्रैमाससम्म २३ करोड ४७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष २६ करोड ७८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको कुल आम्दानी बढेका कारण खुद नाफामा वृद्धि भएको देखिन्छ । गत वर्ष २ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष ३ अर्ब १४ करोड रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो ।
खर्च भने यो वर्ष बढेको छ । गत वर्ष २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी खर्च गरेको कम्पनीले यस वर्ष २ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी खर्च गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको खुद आर्जित बीमा शुल्क रकम २ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी छ । यो रकम गत वर्षको यसै अवधिसम्म १ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी रहेको थियो । यो वर्ष कम्पनीले २ अर्ब २५ करोड रुपैयाँभन्दा बढी खुद दाबी भुक्तानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ छ । शेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको महाविपत्ति कोषमा २१ करोड ७५ लाख रुपैयाँभन्दा बढी र रिटर्न अर्निङमा १ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ७१ पैसा र प्रतिशेयर नेटवर्थ भने १५२ रुपैयाँ २३ पैसा छ ।