काठमाडौं। कमर्सियल सवारीसाधन र पावर सोलुसनको क्षेत्रमा परिचित कम्पनी अशोक लेल्यान्डले आईएमई ग्रुपसँगको सहकार्यमा ‘नेक्स्ट–जेन लेपावर जेनसेट’ सार्वजनिक गरेको छ । लेपावर जेनसेटको आधिकारिक वितरकको रूपमा आईएमई इलेक्ट्रिक प्रालिले देशमा बढ्दै गएको ऊर्जा मागलाई पूरा गर्ने उद्देश्यका साथ अत्याधुनिक पावर सोलुसन उपलब्ध गराउने क्रममा लेपावर जेनसेट बजारमा ल्याएको बताइएको छ ।
अशोक लेल्यान्डका सार्क हेड अमिताभ श्रीवास्तवले अशोक लेल्यान्ड इन्डियाले लेपावर जेनसेटका साथ नेपालको बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै आएको बताए । आईएमई ग्रुपसँगको सहकार्यले विश्वसनीयता र उत्कृष्टताका माध्यमबाट शहरी र औद्योगिक क्षेत्रमा आवश्यक ऊर्जा उपलब्ध गराउन यी जेनसेट उत्पादन तथा विक्री वितरण गरिएको उनको भनाइ छ ।
सो अवसरमा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै क्षेत्रमा गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउनमा आईएमई ग्रुप प्रतिबद्ध रहेको बताए । कार्यक्रममा आईएमई इलेक्ट्रिकका कार्यकारी निर्देशक निशान ढकाल, आईएमई मोटर्सका निर्देशक सन्दिप अग्रवाल र अशोक लेल्यान्डका कन्ट्री म्यानेजर बिप्लव पाउल लगायतको उपस्थिति थियो ।