काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले असार ६ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । जेठ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको प्रधान कार्यालय न्युरोड, पोखरामा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
यो कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारी अघि बढाइसकेको छ । नेपाल धितोपत्र बोर्ड (सेवोन) मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि गत माघ २० गतेनै आवेदन पेश गरेको हो । कम्पनीलाई ७५ करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्थामा आईपीओमार्फत पूँजी कायम गर्न लागेको हो ।