काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि फिफ्टीको नाफा वैशाखमा घटेको छ । चैत मसान्तसम्म १४ करोड ७१ लाख रुपैयाँभन्दा बढी नाफा गरेको योजनाले वैशाख मसान्तसम्म १३ करोड ७२ लाख रुपैयाँभन्दा बढी नाफा गरेको हो ।
वैशाखमा योजनाको आम्दानी घटेको र खर्च बढेको कारण नाफामा असर परेको हो । चैत मसान्तसम्म १६ करोड ८१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले वैशाख मसान्तसम्म १६ करोड ५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । खर्च भने चैत मसान्तसम्म २ करोड ९ लाख रुपैयाँभन्दा बढी भएकोमा वैशाख मसान्तसम्म २ करोड ३३ लाख रुपैयाँभन्दा बढी भएको छ ।
सात वर्ष अवधिको बन्दमुखी प्रकृतिको योजना २०७६ सालदेखि सञ्चालनमा रहेको छ । योजना सञ्चालनका लागि १२ करोड ५० लाख इकाई जारी गरिएको थियो ।
वैशाख मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ३१ पैसा रहेको छ । चैतको तुलनामा योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य घटेको छ । चैत मसान्तसम्म भने योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य भने ११ रुपैयाँ ३९ पैसा रहेको थियो ।
धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाले वैशाख मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परल मूल्य भने १ अर्ब २५ करोड ८१ लाख रुपैयाँभन्दा बढी छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य भने १ अर्ब ३३ करोड ९ लाख रुपैयाँभन्दा बढी छ ।