काठमाडौं । बिहीवार दुई बीमा कम्पनीहरुले संस्थापक शेयर विक्रीमा ल्याएका छन् । हिमालयन लाइफ इन्स्योरेन्सले १ लाख १२ हजार २४० कित्ता र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३५ हजार ६७४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन । यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन पेश गर्न सक्नेछन् । आगामी ३५ दिनभित्र सम्बन्धित कम्पनीको केन्द्रिय कार्यालयमा यी शेयर खरीदका लागि आवेदन पेश गर्नुपर्ने जानकारी कम्पनीहरुले दिएका हुन ।
हिमालयन लाइफ इन्स्योरेन्सको केन्द्रिय कार्यालय हात्तिसार, काठमाडौं र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा रहेको छ । तोकिएको अवधिभित्र यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन पेश नगरेमा भने अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीहरुले दिएका छन् ।