काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइसिएफसी फाइनान्स लिमिटेडको ऋणपत्र आइतवार सूचीकृत भएको छ ।
कम्पनीको ३ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब यो ऋणपत्र लगानीकर्ताको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
कम्पनीले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर भएको 'आइ.सि.एफ.सि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८' नामक ऋणपत्र सूचीकृत गराएको हो ।