काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सबाट जारी भएका पूर्ण व्यतित बीमालेख पुनर्जागरण गराउँदा लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छूट पाइने भएको छ ।
कम्पनीले सूचना जारी गर्दै २०८१ माघ मसान्तसम्म बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महीना नाघेका बीमालेखहरू फागुन १९ गतेदेखि चैत १९ गतेसम्म पुनर्जागरण गराउँदा लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छूट प्रदान गर्ने जानकारी दिएको हो ।
कम्पनीका अनुसार ५ वर्षदेखि माथिका फागुन १९ गतेबाट परिपक्क हुन बाँकी अवधिको बीमालेख पुनर्जागरणमा ५० प्रतिशत र २ वर्षदेखि ५ वर्षभन्दा कम अवधिका फागुन १९ गतेबाट परिपक्क हुन बाँकी बीमालेख पुनर्जागरणमा २० प्रतिशत ब्याज छूट हुनेछ ।
२ वर्षभन्दा कम परिपक्व अवधि भएका अवस्थामा भने कुनै पनि छूट प्रदान नहुने भनाई कम्पनीको छ । एक पटक ब्याज छूट लिइसकेका बीमितहरूलाई पुनः ब्याज छूट प्रदान नहुने जानकारी पनि कम्पनीले दिएको छ ।