काठमाडौं । आइतवार नेप्से स्थिर बनेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन निरन्तर घटेको नेप्से आइतवार भने शून्य दशमलव ४७ अंक बढेर स्थिर बनेको हो ।
यो दिन नेप्से २ हजार ६६७ दशमलव ६८ विन्दुसम्म पुगेको थियो भने २ हजार ६५३ दशमलव ४३ विन्दुसम्म झरेको थियो । अन्तिममा नेप्से २ हजार ६५५ दशमलव ८५ विन्दुमा बन्द भएको हो ।
स्थिर बनेको बजारमा ९० कम्पनीको धितोपत्र मूल्य बढेको छ भने १५७ कम्पनीको धितोपत्र मूल्य घटेको छ । यस दिन ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशत बढेको छ भने पियोर इनर्जी र छ्याङदी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेको छ ।
यस्तै, बरुण हाइड्रोपावरको ९ दशमलव ८४ प्रतिशत र युनियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९ दशमलव ३४ प्रतिशतले बढेको छ । यस दिन नेपाल हाइड्रो डेभलोपरको शेयर मूल्य भने सर्वाधिक ४ दशमलव ४३ प्रतिशत घटेको छ । प्रतिकित्ता ३२ रुपैयाँ ५२ पैसाले घटेर नेपाल हाइड्रो डेभलोपरको शेयर मूल्य प्रतिकित्ता ७०१ रुपैयाँ १४ पैसा कायम भएको हो ।
आइतवार ११ अर्ब ४४ करोढ ३२ लाख रुपैयाँभन्दा बढीको २ करोड ५३ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । अघिल्लो कारोबार दिनभन्दा यो दिन कारोबार रकम घटेको छ । गत बिहीवार धितोपत्र दोस्रो बजारमा १२ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
आइतवार कुल कारोबार रकममा सानिमामाई हाइड्रोपावरको सर्वाधिक हिस्सा रहेको छ । यस दिन यो कम्पनीको ८९ करोड १ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयर मूल्य ५ दशमलव ४७ प्रतिशत अर्थात् प्रतिकित्ता ३४ रुपैयाँ ७८ पैसाले बढेर अन्तिम मूल्य ६७० रुपैयाँ ६२ पैसा कायम भएको छ । यो दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १ दशमलव ४७ प्रतिशत बढेको छ भने लगानी समूहको परिसूचक सर्वाधिक शून्य दशमलव ७६ प्रतिशत घटेको छ ।
गत बिहीवार ४४ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण आइतवार ४४ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी कायम भएको छ । यो दिन बजार स्थिर बने पनि लगानीकर्ताले १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी गुमाएका छन् ।