काठमाडौं । गर्जाङ उपत्यका हाइड्रो लिमिटेडले असार १४ गते विशेष साधारण सभा बोलाएको छ ।
जेठ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको बिजुलीबजारस्थित कम्पनीको कार्यालय परिसरमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले कम्पनीको पूँजी वृद्धि गर्ने प्रस्ताव गरेको छ । यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन र त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ ।