काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले माबिलुङ्ग इनर्जी लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले असार १ गते कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले आफ्नो जारी पूँजीको ४९ प्रतिशत आईपीओ निष्कासन गर्न बोर्डको अनुमति पाएको हो ।
हाल कम्पनीमा संस्थापकतर्फ ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ । यस कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले संखुवासभा जिल्लामा ४ दशमलव ९५ मेगावाट क्षमताको अपर पिलुवाखोला ३ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।