काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आँखुखोला जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
हकप्रद शेयर निष्कासन प्रयोजनार्थ यस कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले कम्पनीको १५० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो ।
समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. १४८ कायम भएको छ । नेप्सेले सोमवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । सोमवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २२० मा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर भोलि अर्थात् मंगलवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।