काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी जेठ ९ गते सातौं वार्षिक साधारण सभा गर्ने भएको छ । वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकको बनेपास्थित होटल उग्रचण्डीमा बिहान ११ बजे सभा शुरु गर्ने जानकारी दिएको छ ।
सभाले आर्थिक वर्ष २०७९ /८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले संस्थापक समूहको ४ जना तथा सर्वसाधारण समूहको २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । त्यस्तै सभाले अन्य लघुवित्त वित्तीय संस्थाहरू गाभ्ने/गाभिने, प्राप्ति तथा एक्विजिशनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले वैशाख २४ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा वैशाख २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले यस वर्ष शेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने निर्णय गरेको छैन ।