विश्व प्रख्यात दक्षिण कोरियाली र्यापर ‘साइ’का फ्यानले छिट्टै नयाँ गीत पाउने भएका छन् । विश्वमै तहल्का मच्चाउन सफल गङ्नम स्टाइलकै शैलीलाई पछ्याउँदै उनले नयाँ गीत ल्याउन लागेको यूट्युबमार्फत सार्वजनिक गरेका छन् । यही अवसर पारेर राजधानी सोलमा भव्य कन्सर्ट गर्नेसमेत उनले बताएका छन् । र्यापरले उक्त गीत कोरियन र अङ्ग्रेजीमा हुने बताए । यूट्युबमार्फत शेयर गरिएको भिडियोका अनुसार सो र्यापमा चाइनिजलगायत थाई, स्पेनिस, फ्रेञ्च, पोर्चुगिज तथा इण्डोनेशियन भाषाका सबटाइटल रहनेछन् ।
अप्रिलमै नयाँ गीत एकैपटक संसारभर सार्वजनिक गर्ने उनले बताए । सो अवसरमा गरिने कन्सर्टको प्रत्यक्ष प्रसारण दर्शकले यूट्यूबमा हेर्न सक्नेछन् । उनी ल्याटिन अमेरिकामा कन्सर्ट सम्पन्न गरेलगतै अस्ट्रेलिया टूरका लागि निस्कँदै छन् । गूगलका अनुसार ३५ वर्षीय गायक पार्क जेइ साङ्ग‘साइ’ले यूट्युब प्लेमा विज्ञापनमार्फत ५ मिलियन पाउण्ड कमाएका छन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.