चाडपर्वमा १ लाख नयाँ ग्राहक थप्ने महत्वाकाङ्क्षी योजनासहित डिसहोमले डिसहोम जडानमा नगद छूट योजना ल्याएको छ । ‘डिसहोम लगाऔं, डिस्काउण्टमा रमाऔं’ भन्ने नारासहित छूट योजना ल्याएको डिसहोमका मार्केटिङ म्यानेजर कल्याण अधिकारीले जानकारी दिए ।
दशैंतिहार अवधिमा डिसहोमले ५ हजार ९ सय ९९ रुपैयाँ पर्ने सेटअप बक्सको खरीदमा रू. २ हजार छूट दिइरहेको छ । साथै हरेक दिन आयोजना हुने ‘लक्की ड्र’मार्फत कम्पनीले एक जना विजेतालाई एलजी ब्राण्डको ३२ इञ्चको एलईडी टेलिभिजन प्रदान गरिरहेको छ । यस योजनाले ग्राहक बढाउने महत्वाकाङ्क्षी योजना सफल बन्दै गएको अधिकारीको भनाइ छ । डिसहोमले हाल देशभर २ लाख ५० हजार ग्राहक पुर्याइसकेको बताएको छ । उनका अनुसार डिसहोस उत्पत्यकाभन्दा बाहिरका जिल्लामा बढी लोकप्रिय बन्दै गएको छ । केबल नेटवर्कमार्फत टेलिभिजन हेर्न नपाएका ग्राहकसमक्ष डिसहोम लोकप्रिय बन्दै गएको छ ।
यसैबीच डिसहोमले नेपालमा लोकप्रिय केही च्यानल थप गर्ने योजना बनाएको छ । हाल ७० ओटा च्यानल प्रदान गरिरहेको डिसहोम ८ नयाँ च्यानल थप्ने योजनामा छ । अधिकारीका अनुसार केही स्पोर्ट्स च्यानलसँगै कलर्सलगायत च्यानल थपिनेछन् । डिसहोमले रकम सकिएपछि पनि च्यानलको लाइन नकाटिने व्यवस्थाका लागि पैसा सापटी दिने व्यवस्था गर्दै छ । यसबारे अध्ययन भइरहेको अधिकारीले जानकारी दिए । उनका अनुसार सापटी दिने योजना आइसकेपछि कारणवश रिचार्ज गर्न नपाउने ग्राहकले सापटी लिएर नियमित लाइन प्राप्त गर्नेछन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.