काठमाडौं, दशरथ रङ्गशालामा शनिवार ‘टुबोर्ग स्टेज’ म्युजिकल कन्सर्ट आयोजना हुँदै छ । टुबोर्ग बियरको मुख्य प्रायोजनमा ‘टुबोर्ग स्टेज–लेट्स गेट लाउड’ नाम दिइएको कन्सर्टका लागि टुबोर्ग बियरका विक्रेताबाट निःशुल्क पास वितरणको व्यवस्था गरिएको छ । शनिवार दिउँसो २ बजेबाट शुरू हुने कन्सर्टको मुख्य उद्देश्य स्थानीय सङ्गीतप्रेमीलाई भरपूर मनोरञ्जन दिनु रहेको आयोजक सिल्भर इण्टरटेनमेण्टको भनाइ छ । यसअघि सिल्भर इण्टरटेनमेण्टले काठमाडौंबाहिरका विभिन्न पाँच ठूला शहरमा म्युजिकल कन्सर्ट सम्पन्न गरिसकेको छ ।
साउनको अन्तिम साता नेपालगञ्जबाट शुरू म्युजिकल कन्सर्ट बुटवल, नारायणगढ, धरान, पोखरा हुँदै काठमाडौंमा आएर सम्पन्न हुन लागेको हो । झण्डै २ महीना लामो कन्सर्ट काठमाडौंबाहिरका शहरमा भव्य रूपमा सफल भएको आयोजकको भनाइ छ । टुबोर्ग स्टेज–लेट्स गेट लाउड कन्सर्टमा नेपालका ख्यातिप्राप्त सातओटा म्युजिकल ब्याण्डले आआफ्नो प्रस्तुति दिँदै छन् । यी ब्याण्डले काठमाडौंबाहिरका विभिन्न शहरमा स्थानीय कलाकारसँगै प्रस्तुति दिइसकेका छन् । काठमाडौंमा हुने कन्सर्टमा १९७४ एडी, रोबिन एण्ड दी न्यू रिभोलुशन, निमा रुम्बा एण्ड दी लिजेण्ड ब्याण्ड, मुक्ति एण्ड रिभाइबल, सविन राई एण्ड इलेक्ट्रिक्स, द स्याडोज, अभया एण्ड दी न्यू स्टिम इञ्जिन्सलगायत ब्याण्ड सहभागी हुनेछन् ।
सोत : सिल्भर इण्टरटेनमेण्ट
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.