जेठ २३, काठमाडौं (अस) ।
युवा कलाकार सागर मानन्धरको एकल चित्रकला प्रदर्शनी बुधवारदेखि प्रारम्भ भयो । सिद्धार्थ आर्ट ग्यालरीमा नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले प्रदर्शनीको उद्घाटन गरेका थिए । कलाकार लक्ष्मण श्रेष्ठको प्रमुख आतिथ्यमा शुरू प्रदर्शनीलाई ‘उत्सव’ नाम दिइएको छ । नेपालमा मनाइने विभिन्न पर्व तथा उत्सवलाई आधार मानेर आफूले कला सृजना गरेको कलाकार श्रेष्ठले बताएका छन् । उनले आर्क्यालिक माध्यम प्रयोग गरिएका ३७ ओटा कला क्यानभासमा सजाएका छन् । काठमाडौं उपत्यकामा मनाइने विभिन्न चाडपर्व झल्कने विषयवस्तु कलामा समावेश गरिएको छ ।