काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव गर्दै विशेष साधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय धुम्वाराही, काठमाडौंमा विहान ११ः३० बजे शुरु हुनेछ । सभाले कम्पनीको जारी पूँजी वृद्धि गर्ने र शेयर संरचना परिवर्तनसहित कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेको कम्पनीले संस्थापकमा भने प्रिमियम मूल्यमा शेयर विक्री गर्ने प्रस्ताव गरेको छ । आईपीओ निष्कासनलगायत आगामी दिनमा नियामक निकायबाट प्राप्त निर्देशन कार्यान्वयनका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । काठमाडौंको धुम्वाराहीमा ५ तारे डिलक्स होटेलको रुपमा यो होटेल सञ्चालनमा छ । नेपाललाई विश्वमा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने भन्ने उद्देश्यका साथ सानिमा समूहले स्थानीय नेवारी र हिमाली संकृतिलाई कायम राख्ने गरी होटेल सञ्चालन गरेको छ ।