काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको कुल १ करोड १५ लाख ८१ हजार ६५० कित्ता शेयर आगामी असार २९ गतेपछि कारोबार गर्न मिल्ने भएको छ । कम्पनीको संस्थापक तर्फको १ करोड १ लाख ९२ हजार ५०० कित्ता, कर्मचारीतर्फको ३९ लाख १५० कित्ता र आयोजना प्रभावित स्थानीयको १३ लाख ५० हजार कित्ता शेयरको लकइन अवधि आगामी असार २९ गतेपछि सकिने भएको हो ।
यी शेयर सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मिति २०७९ साल असार ३० गतेदेखि लकइनमा रहेको थियो । असार ३० गतेपछि यी शेयर सम्बन्धित शेयरधनीहरुले धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।