भदौ ७, काठमाडौं (अस) । यही भदौ ९ र १० गते काठमाडौंमा हुने भनिएको अनेरास्ववियुको विधान सम्मेलन अन्तिम चरणमा आएर स्थगित भएको छ । पार्टी मुख्यालय बल्खुमा बिहीवार बसेको एमाले स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको हो । अन्तिम चरणमा आएर पार्टीले गरेको उक्त निर्णयलाई अनेरास्ववियुले अप्रिय भनेको छ ।
‘अखिलको आन्तरिक विवाद कायम रहेको भन्दै पार्टीले अन्तिम चरणमा आएर स्थगन गर्ने निर्णय गरेको छ,’ अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेलले भने, ‘यो प्रिय घटना होइन ।’ उनले अनेरास्ववियुमा रहेको आन्तरिक विवाद समान्य रहेको भन्दै त्यसलाई हल गरेर जान सकिने अवस्था रहेको बताए । ‘झण्डा, ब्यानरदेखि प्रतिवेदन र भित्तेलेखनसम्मका कार्य पूरा गरिसकेको अवस्थामा कार्यक्रम स्थगन गर्दा राम्रो सन्देश जाँदैन,’ ढुङ्गेलले भने । अनेरास्ववियुले पहिलोपटक विधान सम्मेलन गर्न लागेको हो ।
त्यसैगरी स्थायी समिति बैठकले वर्तमान सरकारलाई सबै शक्ति लगाएर हटाउने निर्णय गरेको छ । वर्तमान सरकार सहमतिको बाधक भएको भन्दै स्थायी समितिले सहमतिका लागि डा. बाबुराम भट्टराई नेतृत्वको सरकारको राजीनामा माग गर्दै आएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.