साउन ३, काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आईपीओले रू. १०८ दशमलव २१ देखि ३२४ दशमलव ६३ ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आव २०७७/७८ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०८ दशलमव २१ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीको आईपीओ सूचीकरण प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओ असार ३० गते बाँडफाँट भएको हो ।
कम्पनीले रितपूर्वक आवेदन दिएका १४ लाख ४५ हजार १९४ जना आवेदकहरूमध्ये १ लाख ८२ हजार ४७ जनालाई १०/१० कित्ता शेयर बाँडफाँट गरेकाे थियाे । बाँडफाँट गरी बाँकी रहेको ५ कित्ता शेयर भने थप पाँच जना आवेदकले १/१ कित्ता पाएका थिए ।