काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले असोज महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार यस फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) र खुद नाफा भदौ मसान्तको तुलनामा असोजमा वृद्धि भएको छ । भदौ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ६३ पैसा रहेकोमा असोज मसान्तमा बढेर ११ रुपैयाँ १२ पैसा पुगेको छ ।
त्यस्तै फण्डको नाफा भदौ मसान्तमा रू. ६ करोड २० लाख रहेकोमा असोज मसान्तमा बढेर रू. ११ करोड १५ लाख पुगेको छ । असोज महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
भदौ मसान्तमा फण्डको जम्मा आम्दानी रू. ६ करोड ५७ लाख रहेकोमा असोज मसान्तमा बढेर रू. ११ करोड ६९ लाख पुगेको छ ।
फण्डले सूचीकृत शेयरमा लगानी बढाएको छ । भदौ मसान्तमा सूचीकृत शेयरमा रू. ८० करोड ७८ लाख लगानी गरेकोमा असोज मसान्तमा बढाएर रू. ८७ करोड १ लाखभन्दा बढी पुर्याएको हो ।