काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढीपहिरो पीडितलाई सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई राहतका लागि बैंकले उक्त कोषमा सहयोग गरेको हो ।