काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सर्वोत्कृष्ट नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी घोषित भएका हुँदा प्रतियोगिताको सर्वोत्कृष्ट बलर ललित राजवंशी बनेका छन् ।
ऐरीले ओमोडा इभी कार पुरस्कार प्राप्त गरेका छन् भने राजवंशीले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै सुदूरपश्चिमका सेफ अली जैब सिद्दार्थ बैंक प्लेयर अफ दि टुर्नामेण्ट घोषित भए । उनले ५ लाख रूपैयाँ प्राप्त गरेका छन् । कर्णाली याक्सका विपिन प्रसाद शर्मा उदीयमान खेलाडी बने । उनले ५० हजार नगद र १० लाख बराबरको छात्रवृत्ति पाएका छन् ।
त्यस्तै इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशमले २ लाख रूपैयाँ प्राप्त गरे । म्याक्सिमम चौका अवार्ड लाहिरु मिलान्थाले पाउँदा फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ ।