काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) को प्रबन्ध सञ्चालकमा प्रविण पन्दाक नियुक्त भएकी छन् ।
सिडिएससीको पुस १४ गते बसेको सञ्चालक समिति बैठकले प्रबन्धक सञ्चालकमा नियुक्त गरिएको जानकारी कम्पनीका सूचना अधिकारी सुरेश न्यौपानेले जानकारी दिएका छन् ।
उनका अनुसार कम्पनीकी सञ्चालक समेत रहेकी पन्दाकलाई कम्पनीको प्रबन्ध सञ्चालकमा नियुक्त गरी प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी दिइएको छ । धितोपत्र कारोबारको राफसाफकर्ता यस कम्पनीमा तीन महीनादेखि प्रमुख कार्यकारी पद खाली छ ।
कम्पनीमा प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्मका लागि प्रबन्ध सञ्चालक पन्दाकले उक्त जिम्मेवारी सम्हाल्नेछिन् ।