काठमाडौं। नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) रे एभरेष्ट बैंक लिमिटेडबीच स्मार्ट पेमार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।
यस सम्झौता पश्चात एभरेष्ट बैंक लिमिटेडका ग्राहक तथा प्रयोगकर्ताहरूले आफ्नो बैंक खातामा स्मार्ट पे सेवामार्फत स्वदेश तथा विदेशबाट पठाइएको रकम तुरुन्तै प्राप्त गर्ने सक्नेछन् । एससीटीले स्मार्ट पे ब्राण्डमा अन्तर बैंक भुक्तानी सेवा यसै वर्ष सुुरु गरेको हो ।
यस सेवामार्फत बैंक वित्तीय संस्था लगायत रेमिट्यान्स कम्पनी, ब्रोकर हाउस, बीमा कम्पनी तथा ठूला कर्पोरेटहरूले आफ्ना सेवाग्राहीका नेपालभरका जुनसुुकै बैंक खातामा सहज र छिटो तवरले रकमान्तर गर्न सक्ने बताइएको छ । यस सेवाको शुरुआतपश्चात् एभरेष्ट बैंक लिमिटेडमार्फत प्राप्त हुुने भुक्तानी रकम बैंक खातामा ट्रान्सफर अझै छिटोे–छरितो र भरपर्दो बन्ने विश्वास गरिएको छ ।