काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड अठारौँ वर्ष पुरा गरी उन्नाइसौं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले पौष १९ गते देशैभरी विविध कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाण्डौं, क्षेत्रीय कार्यालयहरू जनकपुर, नारायणगढ, धादिङ, पोखरा, बुटवल र कोहलपुरमा आयोजित वृहत रक्तदान कार्यक्रम आयोजना गरेको थियो । जसबाट कुल ६११ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहहरूलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
सोही अवसरमा, वातावरण संरक्षण र जलवायु परिवर्तन रोकथाम विषयलाई लक्षित गरी कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरू बीच 'आर्ट फर अर्थ, कम्व्याटिङ क्लाइमेट चेन्ज' शीर्षकमा राष्ट्र व्यापी चित्रकला प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा कुल ४७६ विद्यार्थीहरू सहभागी भएका थिए । सर्वोत्कृष्ट चित्रको सिर्जनाकार जुलेन गुरुङलाई रु. ५० हजार नगद र प्रमाण पत्र, हरेक क्षेत्रीय कार्यालय अन्तर्गतको उत्कृष्ट चित्रकारलाई जनही रु. १० हजार नगद र प्रमाण पत्र प्रदान गरिएको बैंकले जनाएको छ ।
साथै, बैंकले सात ओटै प्रदेशलाई समेटिने गरी विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति, विभिन्न क्याम्पसहरूमा पुस्तकालय स्थापना तथा भौतिक संरचना निर्माण गर्न सहयोग, विभिन्न विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा स्टेसनरी सामग्रीहरू वितरण, वातावरण संरक्षण तथा सरसफाइ सम्बन्धी कार्य, बागमती सफाइ महाअभियानलाई सफाइ सामाग्री हस्तान्तरण, गैरनाफा मूलक सामाजिक संस्थाहरूलाई आर्थिक सहयोग, वित्तीय साक्षरता कार्यक्रम सञ्चालन, डिजिटल माध्यमद्वारा बैंकिङ्ग साक्षरता, धार्मिक तथा सांस्कृतिक विकासका लागि आर्थिक सहयोग, स्थानीय निकायहरूसँग सहकार्य गरी सेवाग्राहीको हित हुनेगरि फर्निचर तथा उपकरणहरू हस्तान्तरण जस्ता विभिन्न सामाजिक कार्यहरू सम्पन्न गरेको छ ।