काठमाडौं । मध्य ताराखोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ ।
कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारितका लागि आगामी माघ ७ गते बिहान ११ बजे बाग्लुङस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा वार्षिक साधारण सभा बोलाएको छ । आईपीओ जारी गर्ने तयारी गरेको कम्पनीले त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ ।
नियमावली संशोधनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । सञ्चालकको पारिश्रमिक तथा भत्ताका सम्बन्धमा आवश्यक छलफल गर्नुका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पनि सभाले पारित गर्नेछ । साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।