काठमाडौं । आठ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । यस दिन हिमालयन डिष्टिलरी, बोटलर्स नेपाल (तराई), श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सूर्योदय वोमी लघुवित्त, कालिका लघुवित्त, मेरो माइक्रोफाइनान्स, लुम्बिनी विकास बैंक र कालिका पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
सूर्योदय वोमी लघुवित्तबाहेक अरु ७ कम्पनीहरूले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात् पुस १९ गते बुक क्लोज गर्दैछन् भने सूर्योदय वोमीले पुस २१ गते बुक क्लोज गर्दैछ । यस आधारमा आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरू समबन्धित कम्पनीहरूको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरूले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
हिमालयन डिष्टिलरीले यही पुस २८ गते कम्पनीको रजिष्टर्ड कार्यालय, वीरगञ्ज महानगरपालित वडा नं. २१, पर्सामा २४ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्तापूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्यासन कुलर नामक ब्राण्ड लगायतका आरटिडि ब्राण्डहरू उत्पादनका लागि विजय डिष्टिलरी प्रालिसँग ट्रेडमार्क लाइसेनिङ्ग सम्झौता गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।
त्यस्तै बोटलर्स नेपाल (तराई)ले यही पुस २६ गते, होटल र्याडिसन, लाजिम्पाट, काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साधारण सभा दिउँसो १२ गते सुरु हुनेछ ।
कम्पनीको ३८ औं वार्षिक साधारण सभाले ५० प्रतिशत नगद लाभांश प्रस्तावका साथै लेखापरीक्षक नियुक्ति गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।
त्यस्तै, लुम्बिनी विकास बैंकले यही पुस २९ गते, अमृतभोग, कालिकास्थान, काठमाडौंमा १७ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे १० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले यही पुस २९ गते आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा ३० औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको करसहित १ दशमलव ८६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ०९८२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने संस्थापक समूहतर्फ रिक्त रहेको १ जना सञ्चालक पदमा भएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आगामी माघ ४ गते सिद्धार्थ होटल बाटर टावर, विदुर–४, बट्टार, नुवाकोटमा बाह्रौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ७ दशमलव ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य ३९४७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले संस्थापक र सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ५१ः४९ कायम गर्ने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
त्यसैगरी, कालिका लघुवित्त वित्तीय संस्थाले यही पुस २९ गते होटल टास्क इन्टरनेशनल प्रालिको सभाहल, पोखरा, बुद्धचोकमा १५ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ९ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको ९ दशमलव ५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट २ जना सञ्चालकहरूको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।
कालिका पावरले यही पुस २९ गते दियालो फुलल्याण्ड चितवन प्रा.लि., भरतपुर, चितवनमा साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पुस २८ गते ललितपुरस्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्ग सेण्टरको सभाहलमा १३ औं वार्षिक साधारण सभा डाकेको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ९६२३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।