काठमाडौं । भारतले उसको विद्युत् व्यापार बजार (इन्डियन इनर्जी एक्स्चेन्ज) बाट नेपाललाई बिजुली किन्न दिने सम्झौताको म्याद ३ महीना थप गरेको छ । यसअघि सम्झौता नवीकरणमा भारतले गरेको आकाकानीका कारण नेपालले यसपालि सुक्खा याममा लोडशेडिङ भोग्नुपर्ने हो कि भन्ने आशंका जन्मिएको थियो । अहिले नेपालले ६०० मेगावाटभन्दा बढी बिजुली भारतबाट आयात गरिरहेको छ । यो नेपालको कुल मागको एक तिहाइ छ । वर्षायाममा आन्तरिक मागभन्दा बढी बिजुली उत्पादन हुने भए पनि हिउँदमा नेपाल भारतीय बिजुलीको भर
पर्नुपर्ने स्थिति छ ।
नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित (रन अफ द रिभर) छन् । यस्ता आयोजनाले हिउँदमा क्षमताको एक तिहाइ बिजुली मात्र उत्पादन गर्छन् । ‘सम्झौता नवीकरण भएको जानकारी बुधवार राति आएको हो । आगामी जुनसम्मका लागि सम्झौता नवीकरण भएको छ,’ नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेले आर्थिक अभियानलाई बताए । विगतमा १ वर्षका लागि नवीकरण गर्दै आए पनि अहिले ३ महीनाका लागि मात्र सम्झौता नवीकरण भएको हो । हालको सम्झौताको म्याद आगामी आइतवार सकिन्छ ।
प्राधिकरणका अनुसार नवीकरण पनि दिनमा मात्र नेपाललाई बिजुली उपलब्ध गराउने गरी भएको छ । थिकेका अनुसार सोलार आवर अर्थात (बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म) मात्र विद्युत् उपलब्ध गराउने शर्त राखेर भारतले छोटो समयका लागि सम्झौता
नवीकरण गरेको हो ।
अब नेपालले दिनमा मात्र भारतबाट बिजुली किन्न पाउनेछ । जति चाहियो त्यति किन्न सक्दैन । भारतले निश्चित मेगावाटसम्म मात्र नेपाललाई बिजुली विक्री गर्नेछ । थिकेका अनुसार ढल्केवर–मुजफ्फरपुरबाट ५०० र टनकपुर प्रसारण लाइनबाट ५४ मेगावाट गरी ५५४ मेगावाट मात्र बिजुली नेपालले
आयात गर्न सक्नेछ ।
साँझमा बिजुली माग धेरै हुने तर त्यही बेला भारतले बिजुली आपूर्ति नगर्ने र दिनको समयमा पनि आपूर्ति सीमा तोकिएका कारण देशभित्र मागअनुसार विद्युत् आपूर्ति चुनौतीपूर्ण हुने प्राधिकरणका अधिकारी बताउँछन् । उनीहरूका अनुसार खासगरी साँझको बेला आपूर्ति थप चुनौतीपूर्ण हुनेछ ।
यसअघि भारतले २४सै घण्टा आवश्यकताअनुसार नेपाललाई विद्युत् उपलब्ध गराउने गरेको थियो । ‘भारतलाई पनि पिक आवरमा दिन समस्या पर्यो होला भन्ने हाम्रो बुझाइ छ,’ थिकेले भने । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले सोलार आवरमा मात्र विद्युत् दिने गरी भारतले सम्झौता नवीकरण गरेका कारण पिक आवर (साँझ)मा आपूर्ति चुनौतीपूर्ण हुनसक्ने बताए । ‘अब हामी के कसरी अघि बढ्ने भन्नेमा छलफल गर्दै छौं । अहिले हामीसँग भएका पिकिङ प्रोजेक्टहरूको भरोसामा छौं । आजभोलि भइरहेको वर्षात्का कारण पनि केही आयोजनाको विद्युत् उत्पादन क्षमता बढेको छ । त्यसले पनि केही राहत हुन्छ भन्ने विश्वास छ,’ उनले आर्थिक अभियानसँग भने ।
उनका अनुसार केही दिनदेखिको वर्षात्का कारण पूर्वी क्षेत्रका काबेली, कोशी र सोलु कोरिडोरअन्तर्गतका जलविद्युत् परियोजनाको उत्पादन बढेको छ । प्राधिकरणका अनुसार केही दिनअघिसम्म पानी नपर्दा यी आयोजनाबाट २० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको थियो । पानी पर्न थालेपछि उत्पादन बढेर १५० मेगावाट पुगेको बताइएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उत्पादन पनि ६२ बाट बढेर ८०
मेगावाट पुगेको छ ।
दिनमै मात्र पाए पनि सुक्खायामभरि बिजुली प्राप्त हुने भएकाले आपूर्तिमा ज्यादै ठूलो समस्या नआउने प्राधिकरणका अधिकारी बताउँछन् । जुन लागेपछि उत्पादन बढ्ने हुँदा नेपाल विद्युत् निर्यात गर्न सक्ने अवस्थामा पुग्छ । यसअघि मंगलवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले भारतका ऊर्जासचिव पंकज अग्रवाललाई फोन गरी विद्युत् आयातसम्बन्धी सम्झौता चाँडै नवीकरण गरिदिन अनुरोध गरेका थिए ।
दुई सचिवबीचको वार्ता सकारात्मक भएपछि बुधवार ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले लोडशेडिङ हुने हल्लाको पछि नलाग्न आग्रह गरेका थिए ।
भारतले नेपालले बिजुली किन्न पाउने सम्झौता नवीकरण गरे पनि नेपालको मागबमोजिम गर्न अस्वीकार गरेको छ । भारतले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईईएक्स) को डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धा गर्दै बिजुली खरीदविक्री गर्न नेपाललाई अनुमति दिएको छ । डे अहेड बजारमा खरीद गर्ने अघिल्लो दिनमै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । नेपालले २०७८ वैशाखमा आईईएक्सबाट बिजुली किन्न अनुमति पाएको थियो । आईईएक्स बजारमार्फत बिजुली बेच्ने अनुमति भने सोही वर्षको कात्तिकमा पाएको थियो ।
भारतले दिनमा मात्र बिजुली दिने हुँदा बढी माग हुने साँझमा आपूर्ति चुनौतीपूर्ण हुने