नयाँ दिल्ली (भारत) । भारतले आगामी आर्थिक वर्ष २०२४–२५ का लागि बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री निर्मला सीतारमणले मंगलवार (आज) लोकसभामा बजेट पेस गरिन् । बजेट प्रस्तुत गर्दै वित्तमन्त्री सीतारमणले आयकरलाई सहज बनाउने र समयमा टीडीएस नदिनेलाई अपराध नमानिने बताइन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ बजेटमा पूँजीगत लाभ छूटको सीमा २५ हजारबाट बढाएर १ लाख २५ हजार पुर्याइएको छ ।
बजेटमा आन्ध्र र बिहार प्रदेशका लागि ठूलो रकम छुट्याइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नरेन्द्र मोदी नेतृत्वको अहिलेको सरकारका मुख्य सहयात्री दल बिहारको जनता दल (युनाइटेड) र आन्ध्र प्रदेशको तेलंगु देशम पार्टी छन् ।
सरकारको मुख्य सहयात्री दलको मुख्य क्षेत्र भएकाले बिहार र आन्द्र प्रदेशमा बजेट बढी राखिएको हुन सक्ने आँकलन गरिएको छ । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनमा यी दुई दल मुख्य साझेदार हुन् ।
यस्तो छ बजेटको पूर्णपाठ
एजेन्सीको सहयोगमा