नयाँ दिल्ली (भारत) । भारतको गुजरात राज्यको अहमदावादमा एयर इन्डियाको विमान दुर्घटना भएको छ ।
अहमदावादको सरदार बल्लभभाइ पटेल इन्टरनेशनल एयरपोर्ट नजिकै बिहीवार (आज) दिउँसो १ः३८ बजे (भारतीय समयअनुसार) बी७८७ मोडलको भीटी–एएनबी कलसाइन रहेको विमान दुर्घटनामा परेको हो ।
अहमदावादबाट बेलायतको लण्डनका लागि उडेको उक्त विमान टेक अफ गर्ने क्रममा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
विमानमा एयर क्रुजका १२ जनासहित २४२ जना सवार भएको भारतीय समाचार संस्था आजतकले जनाएको छ । भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती, १ जना क्यानाडाली र ७ जना पोर्चुगाली नागरिक छन् ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्काल उद्धार अप्रेसन चलाउन निर्देशन दिएका छन् । घटनाको स्थलगत अवलोकनका नागरिक उड्डयनमन्त्री राम मोहन नायडू घटनास्थलतर्फ हिडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सीको सहयोगमा