काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, सिद्धार्थ ब्यवस्थित लगानी योजना र सिद्धार्थ इक्वीटी फण्डले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण यी चारओटै फण्ड भदौ मसान्तमा नोक्सानीमा रहेका छन् । साउन महीनामा पनि यी फण्डहरु नोक्सानीमा थिए । साउनको तुलनामा यी फण्डको नोक्सानी भदौमा बढेको छ । सिद्धार्थ इक्वीटी फण्ड साउन मसान्तमा रू. २ करोड ८६ लाख नोक्सानीमा रहेकोमा भदौ महीनामा बढेर रू. ६ करोड २२ लाख पुगेको हो ।
त्यस्तै सिद्धार्थ ब्यवस्थित लगानी योजना साउन मसान्तमा रू. १७ लाख २९ हजार नोक्सानी ब्यहोरेकोमा भदौ महीनामा बढेर रू. ८० लाख भन्दा बढी पुगेको छ ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ साउन मसान्तसम्ममा रू. २ करोड ७३ लाख नोक्सानीमा रहेकोमा भदौ मसान्तमा बढेर रू. ५ करोड ४९ लाख पुगेको हो । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ साउन मसान्तसम्ममा रू. ३५ लाख ४४ हजार नोक्सानीमा रहेकोमा भदौ महीनामा बढेर रू. १ करोड ५७ लाख पुगेको हो । भदौ महीनामा यी चारओटै फण्डको खर्चमा वृद्धि भएकाले नोक्सानीमा देखिएका हुन ।
यी फण्डहरुको न्याभ पनि घटेको छ । सिद्धार्थ इन्भेटमेन्ट ग्रोथ स्किम ३ को न्याभ साउन मसान्तमा १० रुपैयाँ २७ पैसा रहेकोमा भदौ मसान्तमा घटेर १० रुपैयाँ १२ पैसा कायम भएको हो । त्यस्तै सिद्धार्थ इक्वीटी फण्डको न्याभ पनि साउन मसान्तमा १० रुपैयाँ ३४ पैसा रहेकोमा भदौ मसान्तमा ९ रुपैयाँ ६२ पैसामा झरेको हो । यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. १ अर्ब १३ करोड भन्दा बढी लगानी गरेको छ ।
त्यस्तै सिद्धार्थ ब्यवस्थित लगानी योजनाले भदौ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. २९ करोड ६२ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तमा भने रू. २८ करोड ५४ लाख थियो । यस फण्डको न्याभ साउन महीनाको तुलनामा भदौ महीनामा घटेको छ । साउन मसान्तमा फण्डको न्याभ ८ रुपैयाँ ९६ पैसा रहेकोमा भदौ मसान्तमा ८ रुपैयाँ ८३ पैसा कायम भएको हो ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को न्याभ साउन मसान्तमा १० रुपैयाँ ४७ पैसा रहेकोमा भदौ मसान्तमा ९ रुपैयाँ ५९ पैसामा झरेको छ । यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ९३ करोड १६ लाख लगानी गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ४२ करोड ३४ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तमा रू. ४० करोड ७७ लाख थियो । यस फण्डको न्याभ भदौ मसान्तमा रू. १० रुपैयाँ १२ पैसा कायम भएको छ । साउन मसान्तमा भने फण्डको न्याभ १० रुपैयाँ २७ पैसा थियो ।
सिद्धार्थ इक्वीटी फण्डको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस
सिद्धार्थ ब्यवस्थित लगानी योजनाको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस