काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजनाले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी साउनको तुलनामा भदौमा वृद्धि भएको छ ।
साउन मसान्तमा फण्डको नोक्सानी रू. २ करोड ७९ लाख रहेकोमा भदौ मसान्तमा बढेर रू. ४ करोडभन्दा बढी पुगेको छ । भदौमा फण्डको खर्चमा वृद्धि भएकाले नोक्सानी बढेको हो ।
साउन मसान्तमा फण्डको जम्मा खर्च रू. २२ लाख ९८ हजार रहेकोमा भदौ मसान्तमा बढेर रू. ४२ लाख ३६ हजार पुगेको छ । त्यस्तै भदौमा फण्डको जम्मा आम्दानी रू. ३ करोड ६५ लाख ऋणात्मक छ ।
फण्डको न्याभ पनि साउनको तुलनामा भदौमा घटेको छ । साउन मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ८७ पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ १९ पैसा कायम भएको हो ।
यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७५ करोड ५४ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तमा भने रू. ७६ करोडभन्दा बढी थियो ।