औषधिको कच्चापदार्थ आयात गर्दा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका भन्सार कर्मचारीले सतर्कता नअपनाउँदा औषधि उद्योगीले अनावश्यक सास्ती बेहोर्नु परिरहेको छ । औषधिको कच्चापदार्थ नबिग्रियोस् भनेर अतिसंवेदनशील वस्तु मिसाइएको हुन्छ । त्यसैले यस्ता कच्चापदार्थलाई सुरक्षित भण्डार गरिनुपर्छ । विमानस्थलमा भएको गोदामघर औषधिको कच्चापदार्थ भण्डारणका लागि उपयुक्त छैन । भन्सारका कर्मचारीले परीक्षणका नाममा मनपरी ढङ्गले स्याम्पलिङ गर्दा व्यवसायीले सास्तीका अतिरिक्त आर्थिक नोक्सानी पनि बेहोर्नु परिरहेको छ । कच्चापदार्थ परीक्षण गर्दा कर्मचारीलाई आफ्नो कर्तव्य पूरा गरेको भन्ने लाग्न सक्छ । तर, यसबाट व्यवसायीलाई पर्ने असुविधातर्फ उनीहरूको ध्यान गएको छैन । औषधि उद्योगीहरूले औषधिको कच्चापदार्थ भण्डारणका लागि अलग्गै वातानुकूलित गोदामघर निर्माणका लागि माग गरिरहे पनि विभागले खासै ध्यान दिएको छैन ।
(लोमस फर्मास्युटिकल्स प्रालिका अध्यक्ष प्रदीपजंग पाण्डेसँगको कुराकानीबाट)
वर्ष ८, अंक १४५, सोमवार, २८ माघ, २०६९