काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ६ करोड ४७ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म रू. ८४ लाख ४९ हजारभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीको यस वर्ष नोक्सानी रकम उल्लेख्य बढेको हो ।
यस वर्ष विद्युत् विक्री आम्दानी घटेसँगै कम्पनीको खुद नोक्सानीसमेत बढेको हो । गत वर्ष रू. ३ करोड ३७ लाखभन्दा बढी विद्युत् विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २ करोड ३४ लाखभन्दा बढी मात्र विद्युत् विक्री आम्दानी गरेको हो । विद्युत् विक्री आम्दानी कम भएको कम्पनीको वित्तीय खर्च भने बढेको छ । यस वर्ष कम्पनीले रू. ५ करोड ८६ करोडभन्दा वित्तीय खर्च गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ करोड ६१ लाखभन्दा बढी मात्र वित्तीय खर्च गरेको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी रू. ४० करोड ३५ हजार ५०० रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. १६ करोड ७१ लाखभन्दा बढी ऋणात्मक छ । कम्पनीको दीर्घकालीन लगानी भने रू. ५३ करोड ७९ हजारभन्दा बढी छ । अल्पकालीन कर्जा भने रू. ३ करोड ३२ लाखभन्दा बढी रहेको छ । रू. १६ दशमलव १८ प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू. ५८ दशमलव २१ छ ।