काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले माघ ६ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । पुस १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काजिको किचेन, पुरानो बानेश्वर, काठमाडौंमा बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सञ्चालकको निर्वाचन लगायतका प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
लाभांश प्रस्ताव भने सभाका लागि तय भएको छैन । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २३ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।