काठमाडौं । बुद्धमूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक–इन’ अवधि असोज २१ गतेपछि सकिने भएको छ ।
कम्पनीका संस्थापकतर्फको २८ लाख कित्ता, स्थानीय वासिन्दाहरूतर्फको ४ लाख कित्ता र कर्मचारीहरूतर्फको १६ हजार कित्ता शेयर तीन वर्षको ‘लक–इन’मा थियो । ‘लक–इन’ अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय वासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
कम्पनीका संस्थापक, आयोजना प्रभावित क्षेत्रका वासिन्दा र कर्मचारीहरूसमेत सर्वसाधारणलाई २०७८ असोज २२ गते शेयर बाँडफाँट गरिएको थियो । सर्वसाधारणमा शेयर बाँडफाँट गरिएको मितिले तीन वर्षसम्म संस्थापक, स्थानीय वासिन्दा र कर्मचारीहरूको शेयर ‘लक–इन’ मा राख्नुपर्ने प्रावधान छ ।