काठमाडौं । चार कम्पनीले कुल ४ करोड १३ लाख ९८ हजार २४० दशमलव ७२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका छन् छन् । नेशनल हाइड्रोपावर कम्पनी,हिमाल दोलखा हाइड्रोपावर कम्पनी, अरुण काबेली पावर कम्पनी र नारायणी डेभलपमेन्ट बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएसँगै हकप्रद शेयर निष्कासन गर्ने भएका हुन ।
नेशनल हाइड्रोपावर कम्पनीले १० ः ५ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । सेबोनबाट हकप्रद शेयर निष्कासन गर्न स्वीकृती पाएपछि कम्पनीले रू.१ सय अंकित दरका ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६४ करोड रहेको छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको पूँजी रू.२ अर्ब ४६ करोडभन्दा बढी पुग्नेछ ।
त्यस्तै हिमाल दोलखा हाइड्रोपावर कम्पनीले १ ः०.७५ अर्थात ७५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि लागि सेबोनमा निवेदन दिएको हो । सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले रू. १ सय अंकित दरको १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कास गर्नेछ । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडल रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६० करोड रहेको छ । ७५ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्तापूँजी रू.२ अर्ब ८० करोड पुग्नेछ ।
त्यस्तै अरुण काबेली पावरले १ः१ अनुपात अर्थात सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले रू. १ सय अंकित दरका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू.१ अर्ब ८५ करोड रहेको छ । सत प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू. ३ अर्ब ७१ करोड भन्दा बढी पुग्नेछ ।
त्यस्तै नारायणी डेभलपमेन्ट बैंकले १ बराबर १ अर्थात सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट हकप्रद शेयर निष्कासन गर्न स्वीकृती पाएपछि कम्पनीले रू.१ सय अंकित दरका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू.२६ करोड २४ लाख रहेको छ । सत प्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्ता पूँजी रू. ५२ करोड ४९ लाख पुग्नेछ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.