काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले २ हजार कित्ता संस्थापक शेयर पुस २५ गतेबाट सर्वसाधारणमा जारी गरेको छ ।
कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र जारी गर्दा वितरण हुन नसकेपछि यी शेयर दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा जारी गरेको हो । यी शेयरको मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ ।
इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् ।
यी शेयरमा माघ २ गतेसम्म आवेदन दिन सकिने जानकारी कम्पनीले दिएको छ । यो शेयर विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।