logo
चार कम्पनीको शेयर मूल्य समायोजन
चार कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलवार चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।

मिथिला लघुवित्त,आरएसडिसी लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर र माउन्टेन इनर्जी नेपालले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेले माउन्टेन इनर्जीको १५  प्रतिशत, कुथेली बुखरीको १० प्रतिशत, आरएसडिसी लघुवित्तको ९ दशमलव ५० प्रतिशत र मिथिला लघुवित्तको १४ दशमलव २५ प्रतिशत बोनस शेयरका समायोजन गरेको हो । 

समायोजनपश्चात मिथिला लघुवित्तको शेयर मूल्य रू. १ हजार ५०७ दशमलव २२, आरएसडिसीको रू.६७३ दशमलव ०६, कुथेली बुखरीको रू. २ हजार ४६२ दशमलव ७३ र माउन्टेन इनर्जीको रू. ६३३ दशमलव २२ कायम भएको छ । 

नेप्सेले मंगलवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरूको शेयर मूल्य समायोजन गरेको हो ।

मंगलवार दोस्रो बजारमा माउन्टेन इनर्जीको शेयर मूल्य रू. ७२८ दशमलव २०, कुथेली बुखरीको रू. २ हजार ७०९, आरएसडिसी लघुवित्तको रू. ७३७ र मिथिला लघुवित्तको रू. १ हजार ७२२ मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर यी कम्पनीहरूको शेयर भोलिदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.